पर्सेनि बस दुर्घटना: घाईते २० जना डिस्चार्ज

 पुष २०, २०७७


तुलसीपुर ।

पर्सेनि ग्वारखोला पुल नजिकै बस दुर्घटना हुदा २१ यात्रु घाइते भएका छन् । तुलसीपुर देखि घोराहि जाँदै गरेको ना ६ ख १८१४ नम्बरको बस बिहान ९ः३० बजेको समयमा अनियन्त्रीत भई पल्टिदा शान्तीनगर गाउपालिका ६ बस्ने वर्ष २७ का गणेश बुढाथोकी, सोहि गाउपालिका ७ बस्ने वर्ष २९ का भिम प्रसाद राना, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ का झनक के.सी., सोहि

उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला बस्ने वर्ष ३० कि लक्ष्मी के.सी., वडा नम्बर ४ खाद्रे बस्ने वर्ष ३६ कि तिला कँवर, वडा नम्बर ६ बढुवागाँउ बस्ने वर्ष २१ कि सरु बस्नेत, वडा नम्बर १२ बस्ने वर्ष ५१ का भरत आर्चाय , वडा नम्बर ५ बस्ने वर्ष २१ कि पुजा टण्डन, सोहि ठाँउ बस्ने वर्ष ३० कि सुसिला शर्मा , वडा नम्बर १६ भेलाहि बस्ने वर्ष ५५ का बासुदेव चौधरी, वडा नम्बर १४ मानपुर बस्ने वर्ष २६ का सुमन श्रेष्ठ, वडा नम्बर ७ पर्सेनी बस्ने वर्ष १८ का बिशाल मगर, वडा नम्बर १८ बस्ने वर्ष २१ का राज के.सी., वडा नम्बर ६ बस्ने वर्ष २२ कि दुर्गा नेपाली, घोराहि

उपमहानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३० कि लक्ष्मी गिरी, सोहि उपमहानगरपालिका वडा नम्बर १५ रतनपुर बस्ने वर्ष १९ कि सुरक्षा शर्मा, वडा नम्बर १५ बस्ने वर्ष १८ कि प्रमिका ज्ञवाली, वडा नम्बर १२ बस्ने ४१ वर्ष का गोपाल पुन, वडा नम्बर ५ धारापानि बस्ने वर्ष ३० का राम बहादुर पुन, रुकुम पुर्व पुथा उत्तरगंगा वडा नम्बर १२ बस्ने वर्ष ३९ का हेमराज पुन र सोहि ठाँउ बस्ने वर्ष ४० का पन्च बहादुर पुन घाइते भएकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ति मध्ये तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनी बस्ने वर्ष १८ का बिशाल मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोे छ भने अन्य घाईतेहरु उपचार पछि डिस्चार्ज भइसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।।

तपाईंको प्रतिक्रिया