एम्बुलेन्सको ठक्करबाट स्कुटी चालकको मृत्यु

 पुष २१, २०७७

तुलसीपुर ।
दाङमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ज्यान जानेमा घोराहि उपमहानगरपालिका १० बस्ने ६५ वर्षका टोपेन्द्र पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत नारायणपुरमा एम्बुलेन्सले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक पोख्रेलको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

तुलसीपुर तर्फ आउदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ६ प १५६६ नम्बरको स्कुटीलाई आज दिउसो ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया