बेलायतमा फेरि लकडाउनकाे घोषणा

 पुष २१, २०७७

काठमाण्डौ ।

कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ ।

लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । देशवासीको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताएका छन । दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति-आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनको भनाइ रहेको छ ।

तपाईंको प्रतिक्रिया