एकल महिला तथा अपाङ्गता व्यक्तिलाई ब्ल्यांकेट र गलैचा

 पुष २३, २०७७

देउखुरी

लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले भाग्यले ठगेका एकल महिलाहरुले एक्लो भैयो भनेर निरास हुन् नपर्ने भन्दै अभिभावाबकका रुपमा जनप्रतिनिधिले साथ् दिने बताउनुभयाे । अझै पनि कतिपय मानिसको घरमा जाडोको सिजनमा कष्टकर जीवन बिताउनु पर्ने अवस्था छ, कतिपय मानिसले जाडोका कारण ज्यान गुमाउनु परेको छ, तिनै कुरालाई मध्यनजर गर्दै वडाले न्यानो कपडा वितरणका लागि जुन योजना बनाएर बजेट बिनियोजन गर्यो यो कार्यक्रम निकै स्वागत योग्य छ बेल्बासेले भन्नुभयाे । 

लमही नगरपालिका वडा नम्बर ९ ले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप ब्ल्यांकेट र गलैचा वितरण गर्दै उपप्रमुख बेल्बासेले यस्तो बताउनु भएको हाे।  चालु आर्थिक वर्ष २०७७ मा सोहि कार्यक्रमका लागि वडा नम्बर ९ बाट विनियोजित गरिएको चार लाख रुपैयाँ बजेटले वडाका एकल तथा अपांग १ सय ३२ जनालाई वितरण गरिएको वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले बताउनुभयाे ।   

ति मध्ये एक सय सत्र जना एकल र पन्ध्र जना अपांग भएका व्यक्तिलाई एउटा ब्ल्यांकेट र एक वटा गलैचा वितरण गरिएको छ। कार्यक्रममा वडा सदस्य खिम बहादुर योगी लगायतले बोलेका थिए वडा सचिव बिन्ती राम चौधरीको स्वागत रहेको कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियोे ।

तपाईंको प्रतिक्रिया