अस्ट्रेलियामा जारी बिग बास बीबीएलमा सिड्नी थण्डरविरुद्ध उत्कृष्ट बलिङ

 पुष २३, २०७७

 काठमाडौं ।

नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास बीबीएलमा सिड्नी थण्डरविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् ।

यस सिजन हाेबार्ट हुरिकेन्सका लागि लगातार तेस्राे खेल खेलेका सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । उनले थण्डरका कप्तान कलुम फर्गुसनको विकेट लिए ।

सन्दीपले यसअघि मेलवर्न स्टार्स विरुद्धकाे दुवै खेल खेलेका थिए । उनले दुवै खेलमा विकेट लिएका थिए । सन्दीपले ३ खेलबाट ४ विकेट लिइसकेका छन् ।

तपाईंको प्रतिक्रिया