पत्रकार गजमेर सम्मानित

 पुष २४, २०७७

देउखुरी ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पत्रकार प्रिया स्मृति गजमेरलाई सम्मानित गरेको छ । संस्थाको १६औँ वार्षिक साधारणसभाको अवसरमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको हितमा सदैब आफ्नो कमल चलाई संस्थाको उन्नती र प्रगतिमा योगदान गरेको भन्दै दोसल्ला ओढाइ प्रमाणपत्र सहित सम्मानित गरेको हो । उनि तुलसिपत्र राष्ट्रिय दैनिकका देउखुरीका संवादाता पनि हुन ।

यस्तै प्रत्येक महिना समयमै नियमीत महशुल बुझाउने केशव जिसि, सुनबुलाकि चौधरी, टोपलाल भुषाल, निर्मला पौडेल, सिला चौधरी, पार्वती खड्का, भिखु चौधरी, देवा भट्टराई, रेखा पौडेल, सुर्यराज गौतम, लक्ष्मी भण्डारी, सुगन्ती चौधरी, गायत्री केसी, फत्यबहादुर डाँगि, मंगले कामी, हिमा भुषाल, अमृत वलि, नवराज गौतम गरि विसजना उपभोक्ता र उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी श्याम केसीलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मानित गरेको हो ।

तपाईंको प्रतिक्रिया