गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न

 पुष २५, २०७७

विमलराज डाँगी, थबाङ ।

थबाङ गाउँपालिका वडा ३ मिरुलको टुटुमा १० जना असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग, थबाङ गाउँपालिकाको आयोजनामा न्यानो कपडा र खाद्यान्न वितरण गरिएको हो ।

वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्ती, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिती सदस्य हितबहादुर रोका,जुनसरी रोका, वडा सचीवचन्द्र ज्योति सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रोकाले आगामी दिनमा पनि असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा समेत जनाएकी थिईन ।

तपाईंको प्रतिक्रिया