अस्पताललाई दिगो रुपमा विकास गरौं: मुख्यमन्त्री पोख्रेल

 पुष २६, २०७७


तुलसीपुर ।

लुम्विनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताललाई सुविधामैत्रि बनाउन प्रदेश सरकार लागि परेको बताएका छन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सीटी स्क्यान मेसीन र चिकीत्सक बस्ने भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । अस्पताललाई सुविधा युक्त बनाई विरामी रिफर गनुपर्ने बाध्यताको अन्त्य गर्ने गरि अस्पतालको विकासमा लाग्न सुझाव दिएका थिए । सरकारी अस्पतालमा भएका उपकरण समेत प्रयोग नगर्ने परिपार्टिको अन्त्य गर्दै सुविधायुक्त तवरले सेवा दिन आग्रह समेत गरेका थिए ।
अस्पतालको दिगो रुपमा विकासको लागि योजनाका साथ अघि बढ्न आग्रह गर्दै भौतिक पुर्वाधार र जनशक्तिको लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका थिए । अर्को प्रसंङ्गमा मुख्यमन्त्री पोख्रेलले अस्पतालको जमिन अतिक्रमणमा पर्नु गलत कार्य भएको बताएका थिए ।
अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा उपमहानगरका नगर प्रमुख घश्याम पाण्डेले अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रयासले सार्थकता पाएका बताएका थिए । अस्पतालको स्तरोन्नती भई अहिले २ सय बेडका रुपमा सञ्चालित छ । आगामि दिनमा ६ सय बेडका रुपमा विकास गर्ने लक्ष्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.विनोद सिंहले बताएका छन । सिटि स्क्यान र चिकित्सक बस्नका लागि क्वाटर बनेपछि सेवामा थप सहजता हुने उनले बताएका थिए । कार्यक्रमको सहजिकरण जनश्वास्थ्य निरीक्षक हेमा पौडेलले गरेकी थिईन ।

तपाईंको प्रतिक्रिया