ओली समुहको अनेरास्ववियू कमिटि विस्तारमा

 पुष २६, २०७७

तुलसीपुर ।

नेकपा ओली समुहको अनेरास्ववियूले कमिटि विस्तार लाई तिब्र पारेको छ । यस अघि राप्ती शिक्षा क्याम्पस घोराहीमा कमिटि विस्तार गरेको संगठनले आज कृष्णसेन बहुप्राविधिक शिक्षालयमा कमिटि विस्तार गरेको छ । भेलाले अध्यक्षमा धिरज वली,उपाध्यक्षमा सपना भण्डारी ,सचिवमा अशोक थापा मगर,सहसचिवमा मुना गिरी, सहसचिवमा बर्षा चोधरी र कोषाध्यक्षमा कुमार खत्री लाई चयन गरेको छ ।

यस्तै संगठन विभाग प्रमुखमा विशाल सुनार सहित ३१ सदस्यीय क्याम्पस कमिटी चयन गरिएको हो । कार्यक्रममा बोल्दै अनेरास्ववियू दाङ जिल्ला संयोजक सर्जन परियारले शिक्षा देश विकासको आधार भएको हुदा सुलभ शिक्षा आजको आवस्यकता रहेको बताएका थिए । भेलालार्इ अनेरास्ववियू दाङका सह संयोजक दिवस क्षेत्री, कार्यालय सदस्यहरु खेमराज डागी, लक्ष्मण गिरी,राजन मगर,अनेरास्ववियू दाङका सचिवालय सदस्य पुर्ण महन्त लगाएतले सम्बोधन गरेका थिए ।

तपाईंको प्रतिक्रिया