ईलाका प्रहरी कार्यालयको भवन उद्घाटन

 पुष २७, २०७७

हापुरे ।

ईलाका प्रहरी कार्यालय खिलतपुरमा समुदाय प्रहरी साझेदारी भवन तथा अस्थायी ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गरिएको छ । बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले दुई वटा भवनको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको करिब ११ लाख आर्थिक सहयोगमा भवनको उद्घाटन गरिएको हो । भवन उद्घाटन भएपछि ईलाका प्रहरी कार्यालयमा हुने छलफल र मुद्धा ब्यबस्थापनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले प्रहरी कार्यालयमा निर्माण हुने संरचनाले कार्य सञ्चालनका लागि सहयोग पुग्ने बताए । प्रहरी र नागरिकको सहकार्यमा मात्रै शान्ति सुरक्षा कायम हुने भन्दै त्यसका लागि सहकार्यको आबश्यकता औल्याएका थिए ।

कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वलीले बोलेका थिए । कार्यालय प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण टीकाराम वलीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया