पृथ्वी जयन्ती दाङमा पनि मनाईयो

 पुष २७, २०७७

तुलसीपुर ।

२ सय ९९ औं पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शिव सेना नेपालले तुलसीपुरमा मोटरसाइकल ¥याली निकालेको छ । राष्ट्रिय झण्डा र बाजागाजा सहितको ¥यालीले तुलसीपुरको विभिन्न भाग परिक्रमा गरेको हो । यस्तै, राप्रपा क्षेत्र नम्बर ३ ले पनि पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गरेको छ । तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने बत्ताहरुले नेपाल खण्ड हुन बाट जोगाउने पृथ्वी नारायण शाहको जिवनी बाट धेरै कुरा सिक्नुपर्ने बताएका थिए ।

क्षेत्रिय अध्यक्ष प्रेम शाहको अध्यक्षता तथा टोप बहादुर शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तिलक बहादुर बस्नेत लगायतले सम्बोधन गरेका थिए । उनिहरुले देश संकटमा परेको भन्दै राष्ट्रिय एकता नै आजको आवस्यकता रहेकामा जोड दिएका थिए । त्यस अवसरमा उनको एतिहासीक महत्वपुर्ण योगदानको बारेमा चर्चा समेत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया