उपचार खर्च नहुदा नागरीकता बन्धकी, डेढ बर्षिय छोरीको जन्म दर्ता रोकियो

 पुष २८, २०७७

तुलसीपुर ।
पुसको चिसो कठ्यारीङदो जाडो । शरीरमा एक सरो पातलो लुगा छ । काखमा रहेको छोरीको अवस्था पनि उस्तै छ । पश्चिम दाङको रगैजामा भेटिएकी गिता चौधरी यसरी सहयोगको आशा बटुल्दै हिड्ने गर्छिन । शान्तीनगर गाउँपालीका वडा नम्बर ५ बैसा निवासी चौधरी छोरीको उपचारको लागि सहयोगीको खोजिमा छिन ।

डेढ बर्षिय छोरीको जन्मजात नै शरिर नचल्ने भएपछि आर्थिक अभावमा उपचार गर्न अन्यत्र लैजान सकेकि छैनीन् । २०७६ भदौ १७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरी जन्मदा नरोएपछि उनलाई तुलसी बाल अस्पतालमा लगिएको उनि बताउछिन । त्यहा दुई दिन सम्म उपचार गरेपछि अस्पतालले अन्यत्र लैजान भनेको थियो । तर गिताको परीवार संग आर्थिक रकम नजुटेपछि घरमै लगका थिए । अहिले बच्चाको हात बाउरिए जस्तै छ भने शरीरको तल्लो भाग चल्दैन । गीताका श्रीमान् दयाराम चौधरीले दैनिक मजदुरी गर्छन । ‘घर खर्च चलाउन मुस्किल छ, पैसा आउने ठाँउ छैन ’ रुदै भनिन । बच्चाले पेटभरी दुध खान समेत पाउँदैन दुध किनेर खुवाउनलाई पैसा समेत छैन ।

छोरी डेढ बर्षको हुदा समेत जन्मदर्ता हुन सकेको छैन । बावुका नागरीकता बन्धकीमा परेपछि उनको जन्मदर्ता भएको छैन । जन्मदर्ता भए अपाङ्गता नाममा केहि पैसा आए बच्चालाई पोषिलो खाने कुरा खुवाउथे गीताले आशु पुच्दै भनिन् । तुलसी बाल अस्पतालमा १३ हजार रुपैया तिर्न बाकि हुदा गीताका श्रीमानको नागरीकता राखिएको छ । वडा कार्यालयले भने बावुको नागरीकता लिएर आउनु भनेर फर्काउने गरेको उनि बताउछिन् । अस्पताल प्रशासन संग बुझ्दा उपचारको क्रममा १२ हजार ८ सय ५० रुपैया बाकि हुदा नागरीकता राखिएको बताएको छ ।

यता वडा अध्यक्ष गिरीराज बस्नेतले भने वडाका जनप्रतिनिधि र कर्मचारीबाट ब्यक्तिगत रुपमा रकम उठाएर सहयोग गरिएको बताएका छन । उपचारको लागि वडा कार्यालयले गाउँपालीकालाई सिफारीस गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।

तपाईंको प्रतिक्रिया