ब्राउन सुगर सहित एक जना पक्राउ

 पुष २९, २०७७

तुलसीपुर ।
जिल्ला प्रहरी कार्यालय दाङले लागु औषध सहित विभिन्न घटनाको विवरण सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरी प्रहरीले गएको आईतवार पक्राउ गरेको १० ग्राम लागु औषध (ब्राउन) बारे विवरण सार्वजनिक गरेको छ ।

घोराही वडा नं.१५ कपासी झिगौरा स्थित झग बहादुर चौधरीको घरमा डेरा गरी बस्ने २३ बर्षिय प्रकाश गिरीको कोठामा गएको आईतवार लागु औषध (ब्राउन) सुगर कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले सोहि वडाका सन्तोष वलीको साथबाट ३ ग्राम लागु औषध व्राउन सुगर , तौल गर्न प्रयोग हुने डिजिटल मेसिन १ थान र वलीको रा ६ प १५२७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

साथै अनुसन्धान गदै जादा वलीको थप ७ ग्राम लागु औषध व्राउन सुगर सहित नगद चौबिस हजार रुपैया फेला परेको प्रमुख चन्दले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया