देशभर ५ संक्रमितको मृत्यु

 पुष २९, २०७७

तुलसीपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनाकोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जनाकोरोना सङ्क्रमित थपिएकाहुन् । यो सँगै देशभर कोरोना सङ्क्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । २४ घण्टामा ४१४ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।गत २४ घण्टामा ४ हजार १५४ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १हजार ९ सय ३७पुगेको छ ।

तपाईंको प्रतिक्रिया