विदेशीको मन्त्र सुनेर संसद् विघटन: प्रचण्ड

 पुष २९, २०७७

तुलसीपुर ।

नेकपा अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाएका छन । आज काठमाडौंमा आयोजित प्रचण्ड – नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद् विघटन र पार्टी विभाजन गरेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताए ।

तपाईंको प्रतिक्रिया