फ्रेन्च सुपर कपकाे उपाधि पिएसजीलाई

 माघ ०१, २०७७

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको छ ।

पिएसजीले २-१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हासिल गरेको हो । पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा गोलरक्षक स्टिभ मान्डान्डाले सुरुवाती हेडर बचाउन नसक्दा आएको रिबाउन्डमा इकार्डीले सहजै गोल गरेका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत वर्षको पहिलो गोल गर्न सफल रहे ।

मार्सेले अन्तिम समयतिर गोल फर्काएपनि नतिजा बदल्न भने सकेन । पिएसजीले १० औं पटक उपाधि जित्दै सर्वाधिक पटक यस उपाधि जित्ने आफ्नै कीर्तिमान सुधार गरेको हो । पिएसजीले लगातार आठौं सिजन यस उपाधि जित्दा मार्से भने तेस्रो पटक फाइनलमा पराजित भएको हो ।

तपाईंको प्रतिक्रिया