‘मौलिक चाडपर्व जोगाऔं’

 माघ ०१, २०७७

तुलसीपुर ।

माघे संक्रान्तीका अवसरमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले शुभकामना ब्यक्त गरेका छन । थारु समुदायको महान् चाड माघी तथा अन्य समुदायहरुले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा उनले शुभकामना ब्यक्त गरेका हुन । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु , शुभकामना शन्देशमा उल्लेख गरिएको छ ।

पर्वले एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । समाजमा आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु लाई जोगाउन आग्रह पनि गरेका छन । साथै राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा जुट्न अपिल अपिल गरेका छन । कोरोना भाइरस (कोभिड १९) को अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार पर्व मनाउन केसीले आग्रह पनि गरेका छन ।

तपाईंको प्रतिक्रिया