सदस्य चौधरीद्धारा माघीको शुभकामना

 माघ ०१, २०७७


शिवु खनाल, दाङ ।
नेपाल कम्युनिष्ट्र पार्टी नेकपा केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना ब्यक्त गरेका छन । स्वदेश तथा विदेशमा रहने नेपालीलाई सदस्य चौधरीले शुभकामना व्यक्त गरेका छन । शुभकामना सन्देशमा यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरिएको छ ।

माघि पर्व तथा मकर सङ्क्रान्तिका पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पु¥याएको चौधरीको विश्वास छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डअनुसार माघि पर्व मनाउन समस्त नेपालीजनहरूमा आग्रह पनि गरेका छन ।

तपाईंको प्रतिक्रिया