प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट सुरु

 माघ ०२, २०७७

काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता काठमाडौंमा शुक्रबारदेखि सुरु भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलकुदमन्त्री दावा लामा तामाङ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उदघाटन गरे । उद्घाटन खेलमा समूह ‘ए’ बाट बिभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशबिरुद्ध टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको छ ।

१७ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ बिभागीय टोलीको सहभागिता छ । प्रतियोगिता त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । कोरोना महामारीपछि नेपाल क्रिकेट संघले अघिल्लो महिना दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सन्चालन गरेको थियो । पुरुषहरुको प्रतियोगिता पहिलोपल्ट आयोजना गरिएको हो ।

तपाईंको प्रतिक्रिया