क्रिकेट मैदानमा कार्यक्रम गरेकोमा विरोध

 माघ ०२, २०७७

शिवु खनाल, देउखुरी ।
दाङ क्रिक्रेट संघले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडिममा लमही नगरपालिकाले कार्यक्रमको आयोजना गरेको भन्दै बिरोध गरेको छ । शुक्रवार लमही नगरपालिकाले आयोजना गरेको २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको कार्यक्रमलाई हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ भन्दै दाङ क्रिक्रेट संघका अध्यक्ष प्रदिप मैज्गैँयाले सामाजिक संञ्जालमा बिरोध जनाउनु भएको हो ।


‘केहीदिन पहिला सोही मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो र स्वदेश तथा बिदेशमा हाम्रो खुब चर्चा भयो तर आज चारबर्ष पछि जिल्ला प्रशासन कार्यालयमा भएको लिखित सम्झौता तोडिएको छ । आज मैदानमा असर पुग्ने गरी सार्बजनिक कार्यक्रम आयोजना गरिएछ । हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, दाङ क्रिक्रेट संघका मजगैँयाले सामाजिक संञ्जालमा बिरोध लेख्नु भएको छ ।

‘हामी यस्को घोर निन्दा र भ्रत्सना गर्दछौ र आगामी दिनमा यस्ता क्रयाकलाप नगर्न र हुँननदिन समेत सबै सरोकारवालाहरु लाई आग्रह समेत गर्दछौ ।’

तपाईंको प्रतिक्रिया