भारतमा कोरोना विरुद्धको खोप लगाईदै

 माघ ०३, २०७७

तुलसीपुर ।

भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने बताएको छ ।

सरकारको यस खोप अभियान अन्तर्गत पहिलो चरणमा ३० करोड नागरिकलाई खोप दिइने छ । यस्तै कोरोना सङ्क्रमणको चपेटामा आउन सक्ने उच्च जोखिम उमेर समूह ५० वर्षभन्दा बढीका २७ करोड नागरिकलाई दोस्रो चरणमा खोप दिइने छ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्नुहुनेछ ।

तपाईंको प्रतिक्रिया