केपी ओली सन्की शासक हुन: नेपाल

 माघ ०३, २०७७

तुलसीपुर ।

नेपाल कम्युनिष्ट पाटी नेकपा प्रचण्ड माधब समुहका अध्यक्ष माधव कुमार नेपालले पार्टी भित्र विधि र पद्धतीको पालना नहुदा कम्युनिष्ट पार्टी संकटमा परेको बताउनु भएको छ । प्रचण्ड माधब समुहको नेपाल कम्युनिष्ट पाटी नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा बृहत प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताउनु भयो ।

कम्युनिष्ट पार्टिको विचार र सिद्धान्त लाई मतलव नगरी श्वेच्छाचारी निर्णय गर्ने केपि ओली एक सन्की शासक भएको समेत बताएका थिए । पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले बहस र विवादले पार्टीलाई मजबुद बनाउने भनिएता पनि त्यो ओलीले कहिल्यै नस्वीकारेको बताएका छ ।

नेकपा दाङका कार्यालय सदस्य हिराचन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुवास पुनले गरेका थिए ।

तपाईंको प्रतिक्रिया