जनताले दिएको जिम्मेवारी माथि नै प्रहार :प्रवक्ता श्रेष्ठ

 माघ ०३, २०७७

तुलसीपुर

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जनताले दिएको जिम्मेवारी माथि नै प्रहार गरेको बताएका छन । प्रचण्ड-माधब समुहको नेपाल कम्युनिष्ट पाटी नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा बृहत प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताउनु भयो ।

नेता श्रेष्ठले चुनाव चिन्ह र आधिकारीक दलको मान्यता आफुहरुले नै पाउने दावि समेत गरेका थिए ।

तपाईंको प्रतिक्रिया