नेपालबाट गएका १० पर्वतारोहीले गरे सफल आरोहण

 माघ ०४, २०७७

काठमाडौं ।

नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन्। अत्यन्तै खतरनाक मानिने केटू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो।

आठ हजार छ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले बताउनुभयो । ुसफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो ु उहाँले नेपालका लागि इतिहास बन्यो भनेर लेख्नुभएको छ ।

तपाईंको प्रतिक्रिया