ओली समुहको अनेरास्ववियू दाङले तोक्यो ईन्चार्ज

 माघ ०४, २०७७

तुलसीपुर ।

नेकपा ओली समुहको अनेरास्ववियू दाङले पालीकामा ईन्चार्ज तोकेको छ । जिल्ला संयोजक सर्जन परियारको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक परियारको प्रमुख आतिथ्यमा बसेको बैठकले दश पालीका र निर्वाचन क्षेत्रमा ईन्चार्ज तोकेको हो । जस अनुसार घोराहीमा राजन मगर, तुलसीपुरमा टिका खड्का,लमहीमा संगित अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी बबईमा खेमराज डीसी,शान्तीनगरमा गणेश खड्का,दंगिशरणमा चक्रमिलन विश्वकर्मा, राप्तीमा बसन्त प्रसाद भण्डारी,बंगलाचुलीमा सन्दीप वली, गढवामा सुकदेव चौधरी र राजपुरमा कपिल बुढाथोकीलाई ईन्चार्जा तोकेको हो ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र १ मा ओनराज भडेल, क्षेत्र नम्बर २ मा लक्ष्मण गिरी र क्षेत्र नम्बर ३ मा गोविन्द बस्नेतलाई ईन्चार्ज तोकेको हो । बैठकमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु विराज डिसी,बर्षात भण्डारी लगायतको उपस्थिती रहेको सह संयोजक दिवश क्षेत्रीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया