सुनौलो हजार दिनका आमालाई लेयर्स जातको कुखुरा

 माघ ०४, २०७७

हापुरे ।

दाङको बबई गाउपालिकामा सुनौला हजार दिनका आमालाई कुखुरा बितरण गरिएको छ । वडा नम्बर २ र ३ को आर्थिक सहयोग तथा सुआहाराको प्राबिधिक सहयोगमा कुखुरा बितरण गरिएको हो । सो अवसरमा गाउपालिका अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत भिस्मकुमार मल्लले कुखुरा बितरण गरेका थिए । हजार दिनका आमालाई ३,३ वटा कुखुरा बितरण गरिएको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कुखुराबाट प्राप्त हुने पोषणका बारेमा पशु प्राबिधिक कमानसिङ नेपाली र सुआहाराका सरसफाई अधिकृत रोशन चौलागाइले जानकारी गराएका थिए । वडाभित्र रहेका ३३० जनालाई कुखुरा बितरण गरिएको छ । वडा नम्बर ३ का अध्यक्ष नन्दलाल वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुआहाराका लक्ष्मी भण्डारीले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया