क्वाइनिस क्लबले शितलपुर शवदाह स्थलमा सरसफाइ गर्ने

 माघ ०४, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको सितलपुर बबई नदी शवदाह स्थलको सरसफाई हुने भएको छ । क्वाइनिस क्लव अफ राप्ती नेपालको आयोजनामा माघ १० गते सरसफाई गर्न थालिएको क्लवका अध्यक्ष बिमल कुमार पोख्रेल ९जेठु० ले जानकारी दिएका छन ।
हरेक नागरीकलाई जिम्मेवार बोध बनाउन क्लवले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सोहि अनुरुप शवदाह स्थलको सरसफाई गर्न लागिएको हो । विहान ११ बजे हुने उक्त सरसफाई कार्यक्रममा उपस्थितीका लागि क्लवले सबैमा आग्रह समेत गरेको कोषाध्यक्ष नारायण विसीले जानकारी दिएका छन ।।

तपाईंको प्रतिक्रिया