कोरोना अस्पताल सार्न माग गर्दै विद्यार्थी आन्दोलीत

 माघ ०४, २०७७

तुलसीपुर ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा आर्युवेद डाक्टर पढ्दै गरेका विद्यार्थीहरुले नारावाजी गरेका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइदैन, भन्दै विद्यार्थीहरुले नारावाजी गरेका हुन । विद्यार्थीहरुले पढ्ने कलेजमा कोरोना विशेष अस्पताल संचालनमा आएपछि उनिहरु भौतिक रुपमा कक्षा कोठामा उपस्थित भएर पढ्ने वतावरण मिलाउनु पर्ने भन्दै एक महिनादेखि आन्दोलनमा उत्रीएका छन् ।

नारावाजी गर्दै विश्व विद्यालय प्रवेश गरेका विद्यार्थीहरुले मुख्य गेटमा पुगेर भुँइमा बसेर किताव पढी विरोध जनाएका छन । कलेज भन्दा अन्यत्र ठाउँमा रहेका सामान्य कोठामा पढ्न नसक्ने भन्दै विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनलाई चर्को दबाब दिइरहेका छन् ।

तपाईंको प्रतिक्रिया