नेपालमा भेटियो नयाँ प्रजातिको कोरोना

 माघ ०५, २०७७

काठमाडौं ।

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्तिमार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ । कोभिड -१९ को नयाँ प्रजाति (भेरियन्ट) बेलायतबाट केही दिन अघि नेपाल फर्किएका ६ वटा नमुनाको SARS-COV 2 परीक्षणको नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा s -gene target नेगेटिभ देखिएको थियो ।

उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो । ती नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई-मेल मार्फत आज ५ गते प्राप्त भएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीयम पुरुष रहेका छन् । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको हो । संक्रमितमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल रिपोट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको भने पोजेटिभ नै रहेको छ ।

तर उनमा लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । माघ १ गते पछाडी उनीहरु बेलायतबाट नेपाल आएका हुन् । मन्त्रालयले नयाँ भाइरसको भ्याक्सिन नेपालमा उपलब्ध नभएसम्म सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया