निर्वाचनमा ओली र प्रचण्ड–माधव समुह एकजुट हुने

 माघ ०५, २०७७

तुलसीपुर ।

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकजुट हुने भएका छन् । अहिले नेकपा भित्र देखिएको विवादले प्रचण्ड–माधव समूह र केपी समूह भएर विभाजित भएपनि तुलसीपुर उद्योग बाणिज्य संघको चुनाबमा एक भएर जाने निर्णय भएको छ । नेकपा दाङको उद्योग बिभाग सहसंयोजक यज्ञबहादुर केसीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

उद्योग बाणिज्य संघको चुनाबमा एक ढिक्का भएर जानकालागि नेकपा उद्योग बिभाग प्रमुख गेहेन्द्र बस्नेतको संयोजकत्व तथा नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, सचिब माधव माधव वली, पार्टीका १९ वटै वडाका अध्यक्षहरु, नेकपा तर्फका उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु , संघका पूर्व पदाधिकारी तथा सदस्यहरुसहित एकसय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

त्यस्तै उद्योग बाणिज्य संघको निर्वाचनलाई सर्वसम्म गराउने र यदि चुनाब हुने अबस्था आएमा उम्मेदवारी छनोट गर्नकालागि पाँच सदस्यीय छनोट समिति समेत निर्माण गरिएको छ । गेहेन्द्र बस्नेतको संयोजकत्वमा बनेको समितिका सदस्यहरुमा यज्ञबहादुर केसी, टोपबहादुर घर्ती, मिनराज वली, वेदप्रसाद वली रहेका छन् ।

तपाईंको प्रतिक्रिया