लगत संकलन गर्न कार्यालय स्थापना

 माघ ०५, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयमा भुमी सम्वन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाई कार्यालयको स्थापना गरिएको छ । कार्यालयको भुमी समस्या समाधान आयोगका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक शोभाराम बस्नेतले रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले भुमी सम्वन्धी सहजीकरण समितिलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गरेका छन् ।

कार्यालय उद्घाटन भएसंगै अब जनशक्ति व्यवस्थापन , वडा स्तरमा भुमी सम्बन्धी सहजीकरण र आवश्यक छलफल गरी लगत संकलन कार्य सुरु गरिने भुमि समस्या समाधान ईकाई कार्यालयका संयोजक माधव पौडेलले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया