अष्ट्रेलियामाथि भारतको सानदार जित

 माघ ०६, २०७७

एजेन्सी – युवा विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङसँगै चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पाँचौ दिनको खेल सकिन तीन ओभर बाँकी रहँदा भारतले खेल जितेको हो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै जित निकालेको हो । पहिलो टेष्टमा अष्ट्रेलिया र दोस्रोमा भारत समान ८ विकेटले विजयी भएका थिए । तेस्रो टेष्ट बराबरीमा सकिएको थियो ।

तपाईंको प्रतिक्रिया