करणी गर्न खोजेको आरोपमा देवकोटा पक्राउ

 माघ ०६, २०७७

तुलसीपुर ।

पश्चिम दाङमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षका हरि देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गएको ३ गते राति ७ बजे एक महिला माथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा देवकोटा पक्राउ परेका हुन । आरोपीलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ । महिलाले ती पुरुषलाई घरभित्र थुनेर प्रहरीलाई बोलाएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया