नेपाललाई कोरोनाविरुद्धको १० लाख डाेज खोप हस्तान्तरण

 माघ ०८, २०७७

काठमाण्डाै ।

भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा लगाउन सुरु गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप लगाउन सुरु गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो ।

उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताउनुभयो । बिहान ११ बजेर ५१ मिनेटमा भारतको एअर इण्डियाकाे जहाजबाट काठमाण्डौमा खोप ल्याइएको हो । कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्नुभयो ।

तपाईंको प्रतिक्रिया