प्रेस संगठन विभाजित

 माघ ०८, २०७७

काठमाडौं ।

नेकपा विभाजनको असर पत्रकारमा पनि परेको छ । नेकपासम्बद्ध पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल विहीवारबाट औपचारिक रुपमा विभाजित भएको छ । यसबीचमा माघ ६ गते प्रचण्ड-माधव पक्षधर प्रेस संगठनको राष्ट्रिय भेला भएको थियो भने विहीवार केपी ओली पक्षको भेलाले महेश्वर दाहाललाई संयोजनबाट हटाएर गणेश बस्नेतलाई चयन गरेको छ ।

नेकपा एकीकरणसँगै तत्कालेन एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस सेन्टर मिलेर प्रेस संगठन नेपाल बनेको थियो । एकीकरणपछि महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक बनेका थिए । विहीवरको ओली पक्षको भेलाले दाहाल संगठनको काममा निष्क्रिय रहेको भन्दै बस्नेतलाई संयोजक तोकेको हो ।

भेलाले विभधान संशोधन गरि केन्द्रीय समितिको संख्या ३५१ पुर्‍याएको छ भने कमिटी बिस्तार र जिम्मेवारी हेरफेरको जिम्मा बस्नेतलाई दिएको छ । भेलाले प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई समर्थन गर्दै विभिन्न १५ बुँदे प्रस्ताव समेत पारि गरेको छ । भेलालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामवहादुर थापा बादल,अर्थमन्त्री तथा नेकपा महासचिव रामवहादुर थापा बादल,उर्जामन्त्री टोपवहादुर रायमाझी,सञ्चारमन्त्री पार्वत गुरुङलगायतले सम्बोधन गरेका थिए ।

तपाईंको प्रतिक्रिया