ज्योतिष परिषद तुलसीपुरको अध्यक्षमा देवकाटा

 माघ ०९, २०७७

तुलसीपुर ।
नेपाल ज्योतिष परिषद दाङको तुलसीपुर नगरपालिकामा तदर्थ समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा युवा ज्योतिषी ठाकुर देवकोटा, उपाध्यक्षमा गोपाल प्रसाद उपाध्य, रामचन्द्र देवकोटा सचिवमा यादव देवकोटा सहसचिवमा तिर्थराज गौतम, कोषाध्यक्षमा नवराज देवकोटा सह९कोषाध्यक्षमा गौरी राना सदस्य हरुमा लोकमणि गौतम, तुलसीराम सुनार, शालिकराम देवकोटा, धुर्व गौतम, जीवराज खरेल, शन्जिव देवकोटा, सिताराम शर्मा, हुकुम वली, बिष्णु बुढाथोकी, खिमान्नद शर्मा, साल बहादुर कामी, मंगल कामी रहेका छन ।

खेमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य केशव गौतम,नेपाल ज्योतिष परिषद प्रदेश नम्बर पाँचका वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य , नेपाल ज्योतिष परिषद लुम्बिनि प्रदेशका महासचिव ढुन्डीराज ज्ञवाली लगायतले बोलेका थिए । ज्योतिष पन्डित रामचन्द्र देवकोटाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्योतिष ठाकुर देवकोटाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया