बिद्यार्थी र शिक्षकमा कोरोना, दुई विद्यालय बन्द

 माघ ०९, २०७७

सल्यान ।
बिद्यार्थी र शिक्षकमा कोरोना संक्रमण फैलिएपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका दुई विद्यालय बन्द गरिएको छ । गंगा प्राथामिक बिद्यालय अम्रा र प्रभाकर माद्यामिक बिद्यालय देवस्थल एक हप्ताको लागि बन्द गरिएको हो । गंगा प्राथामिक बिद्यालय अम्राका सबै ३ जना शिक्षकमा कोरोना रिपोर्ट पोजेटिभ आए पछि उक्त विद्यालय स्वतः बन्द भएको छ ।

यस्तै प्रभाकर माद्यामिक बिद्यालयका २ जना शिक्षक र ८ जना विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उक्त विद्यालय पनि एक साताका लागि बन्द गरिएको प्रधानाध्यापक शिखर कुमार यरीले जानकारी दिनुभयो । विद्यालय बन्द गरेर शिक्षक र विद्यार्थीको स्वाब परिक्षण गर्ने उहाँको भनाई छ । संक्रमित सबैलाई घरमै आइसोलेसनमा वस्न अनुरोध गरिएको छ । स्वास्थ्यमा अन्य समस्या उत्पन्न भए नगरको शाखामा जानकारी दिन समेत भनिएको छ ।

तपाईंको प्रतिक्रिया