कोरोना विरुद्धको खोप माघ १८ देखि लगाइने

 माघ १०, २०७७

काठमाडौं ।

सरकारले ढिलोमा माघ १८ सम्ममा कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड बिहीबार नै काठमाडौं आइपुगिसकेको छ । माघ १४ देखि १८ गतेभित्र खोप सातै प्रदेशका फ्रन्टलाइनर, जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिने बताएका थिए । सो विषयमा भारत सरकारले आफ्नो जनतालाई लगाइरहेको खोप नै नेपाललाई उपलब्ध गरएकोले  खोप सुरक्षित भएको मन्त्री त्रिपाठीले बताए ।

तपाईंको प्रतिक्रिया