शिखर महिला समुह गठन

 माघ १०, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ मा रहेको शिखर कोलोनी टोल बिकास संस्थाले शिखर महिला समूह गठन गरेको छ । टोल भित्र हुन सक्ने विभिन्न सामाजिक बिकृती र महिला हिंसा अन्त्यका लागि खबरदारी गर्न समुह गठन गरिएको हो । उक्त महिला समुहले उद्यमसिलताको बिकास गरि स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आज एक कार्यक्रममा लक्ष्मी भुसालको अध्यक्षतामा २१ सदस्यीय शिखर महिला समुह गठन गरेको हो । संस्थाका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लीलामणि चौधरीले समुहको उदेश्य माथी प्रस्ट पारेका थिए । उक्त भने कार्यक्रमको सहजिकरण सचिब खेमराज बिकले गरेका थिए ।

तपाईंको प्रतिक्रिया