लायन्स क्लवको भवन उद्घाटन

 माघ १०, २०७७

तुलसीपुर ।
लायन्स क्लव अफ दाङले तुलसीपुरमा निर्माण गरेको भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । तुलसीपुर– ६ गाईडरमा निर्माण भएको लायन्स भवनको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुका गभर्नर एम.जेएफ. लायन शम्भु नकर्मीले गरेका हुन् । क्लव दाङका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा लायन्स क्लवस् इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुका गभर्नर एमजेएफ लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता एव तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको विशिष्ट आतिथ्यमा भवन उद्घाटन भएको हो ।

भवन उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछाने, भवन निर्माण समितिका संयोजक क्लवका पूर्व अध्यक्ष यज्ञबहादुर केसी, क्लवका पूर्व अध्यक्ष एम।जेफ विनोद कुमार श्रेष्ठ, मुकुट ढकाल, लभ अधिकारी, एन प्याव्सनका प्रदेश संयोजक सुवोद डाँगी, महिला नेतृ सुष्मा गिरी, इलाका प्रहरी कार्यालयका प्रमुख शिवबहादुर सिंह, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, लियो क्लव अफ तुलसीपुर दाङका अध्यक्ष सन्तोष केसी लगायतले बोलेका थिए । सो अवसरमा लायन्स क्लवका सहकोषाध्यक्ष सुमन डाँगी भवन निर्माणको वारेमा प्रकाश पारेका थिए ।

भवन उद्घाटन कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने दाताहरु, क्लवका पूर्व अध्यक्षलगायत सहयोग गर्ने सवैलाई सम्मान गरिएको थियो । त्रिशिद्धेश्वरी महिला क्वलका अध्यक्ष यमुना शाहको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लवका सचिव विनिल केसी र सहसचिव भोजराज न्यौपानेले गरेका थिए ।

तपाईंको प्रतिक्रिया