बन्चरो प्रहार गरी हत्या गर्ने श्रीमान् पक्राउ

 माघ १०, २०७७

मोरङ ।

श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया श्रीमती दिलमाया राईलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका–२ सिरुझार बस्ने ५० वर्षीय डिकबहादुर राई शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

घरायसी विवादको क्रममा राईले दिलमायालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया