बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गयो

 माघ १५, २०७७

काठमाण्डाै ।

क्यामरुनमा यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोक्किँदा बसमा आगलागी भएको समाचार संस्था अलजजिराले जनाएको छ । क्यामरुनको मध्यपश्चिम क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

आगलागीमा ज्यान गुमाउने धेरैको शव जलेकाले पहिचान गर्न मुश्किल भएको स्थानीय गभर्नर अउवा फङ्का अगस्टाइनले बताउनु भएको छ । ७० सिट क्षमताको बसमा आगलागी भएको उहाँले जानकारी दिनु भएको छ । सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको खबरमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया