चेल्सीले टोटनह्यामलाई हरायो

 माघ २३, २०७७

एजेन्सी ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नै मैदानमा चेल्सीसँग १–० गोलको पराजय ब्यहोरेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले रेफ्री आन्द्रे मारिनरको आलोचना गरेका छन् । अर्कोतर्फ नयाँ प्रशिक्षक थोमस टचेलमातहत चेल्सीले अपराजित यात्रा तेस्रो खेलसम्म पु¥याएको छ । जितपछि चेल्सी अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

एरिक डायरले चेल्सीका टिमो वेर्नरलाई फल गरेपछि पाएको पेनाल्टीमा जर्जिन्होले २४ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । सुधारोन्मुख सोचका साथ चेल्सीको प्रदर्शन शानदा थियो । टोटनह्यामले घरेलु मैदानमा खेलको अन्त्यतिर पुनरागमनको प्रयास गरे पनि ढिला भइसकेको थियो ।

तपाईंको प्रतिक्रिया