गोरखा र ईन्टिरियर फाईनलमा भिड्ने

 माघ २४, २०७७


लक्ष्मण बस्नेत, तुलसीपुर ।
गोरखा ट्रेनिङ सेन्टर तुलसिपुर र ईन्टिरियर स्मार्ट होम डेकोर तुलसिपुर १ दाङ तुलसीपुरको बालापुरमा जारी जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् ।
सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजनामा तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँ पालिका वडा न ५ को संयुक्त तत्तवधानमा संचालित प्रतियोगिता को सनिबार सम्पन्न सेमिफाइनल मा फेलोसीप ट्रेनिङ सेन्टर तुलसिपुर लाई ३-० को सोझो सेटमा पाखा लगाउदै गोरखा ट्रेनिङ सेन्टर तुलसिपुर ले फाईनल यात्रा तय गरेको हो । त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुर लाई ३-० कै सोझो सेटमा पराजित गर्दै ईन्टिरियर होम डेकोर फाईनलमा गोरखा ट्रेनिङ सेन्टर संग को फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल भोलि आईतवार बिहान ११ बजे हुने प्रतियोगिता का संयोजक ढुण्डी राज न्यौपाने ले जानकारी दिनु भएको छ । त्यस्तै तृतीय स्थानका लागि बिहान ९ बजे फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर र जनप्रीय बोर्डिङ स्कुल बालापुर भिड्नेछन् । प्रतियोगिताको रेफ्री मा रास्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर, भिम बहादुर डागी र राधा बुढाथोकी रहनु भएको छ ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर २ मा अबस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिएको छ ।
प्रतियोगिता को बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ ।
यसैविच आयोजक ले भोलि आईतबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोह मा उपस्थिमा खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया