मेट्रो कलेजमा अब बिएएलएलबीको पनि पढाई हुने

 माघ २५, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका कार्यालयद्धारा सन्चालित तुलसीपुर मेट्रो कलेजमा सन्चालन हुन लागेको बिएएलएलबी कार्यक्रमका बारेमा जानकारी दिईएको छ । तुलसीपुर १२ हरिपौरीमा रहेको कलेजले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी बिएएलएलबी पढाई सन्चालनको बारेमा जानकारी दिएको हो । वडा अध्यक्ष श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले यस क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार नै एक पछि अर्को कार्यक्रम सन्चालन गदै आएको बताउनु भएको छ ।

नगरप्रमुख पाण्डेले संघियता भनेको सिहदवार गाउँ सम्म आउनु मात्रै नभई विश्वविद्यालय, शैक्षिक संस्थाहरु पनि जनताको घरदैलोमा आउनु पनि महत्वपुर्ण कुरा भएको भन्दै त्यो कुरा आफुहरुले पुरा गरेको उहाको भनाई छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका कानुन अधिकृत आचँल बगालेले कानुनी क्षेत्रको दक्षजनशक्ति अहिलेको आबश्यकता भएको बताउनु भयो ।

जसले गर्दा यसको माग बढेको बताउदै यसमा विद्यार्थीहरुले ज्ञान आर्जन गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण कलेजका प्रमुख बसन्त आचार्यले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया