अक्षयसँग यी अभिनेत्रीको टुटेको थियो सम्बन्ध

 माघ ३०, २०७७

एजेन्सी ।

बलिउड सेलिब्रेटीका प्रेमसम्बन्ध, ब्रेकअपका किस्साहरु धेरै सुन्ने गरिन्छ । जसमध्ये अभिनेता अक्षय कुमारको प्रेमसम्बन्ध पनि चर्चामा आउने गर्छ । अक्षयको अभिनेत्री रविना टंडनसँग प्रेमसम्बन्ध गाँसेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो । उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य रुपमा इन्गेजमेन्ट गरे । रविना आफ्नो प्रेममा निकै विस्वस्त थिइन् ।

उनले इन्गेजमेन्टको खुलासा मिडियासम्म पुर्याइन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म खिलाडिँयो के खिलाडी मा अभिनेत्री रेखा र अक्षय कुमारको दृश्यले रविना निकै चिन्तित भइन् । त्यसपछि रविनाले अक्षयसँग टाढिने निर्णय लिइन् । मिडियाका अनुसार रविनाले उक्त विषयमा सार्वजनिक रुपमा नै विरोध जनाएकी थिइन् । उनले अक्षयलाई मुम्बईभरीका युवतीहरुलाई प्रपोज गरिसकेको र उनीहरुका आमाबाबुलाई ड्याडी मम्मी भनेर बोलाउनुपर्ने दिन पनि आउने भन्दै आक्रोश पोखेकी थिइन् ।

अक्षयले भने रोजश खन्नाकी छोरी ट्विकंल खन्नासँग विवाह गरे ।

तपाईंको प्रतिक्रिया