प्रणय दिवस: “रातो गुलाबको प्रश्न”

 फागुन ०२, २०७७

कविता
“रातो गुलाबको प्रश्न”

तिमी आफ्नो खुशीको
लागी किन चुड्छौ मलाई?
आफू रमाइ किन मार्छौ मलाई?
यहि एउटा प्रश्न छ
रातो गुलाबको सबैलाई?

तिमी प्रेमी होइन अब
तिमी त हत्यारा हुदै..छौ
आफ्नो खुसीको लागी
अरूको अन्त्य गर्दै.. छौ

खबरदार...!

मायाको नाटक गर्ने
ए… मायालु जोडीहरू हो
तिमीहरू प्रेमी,प्रेमीका होइन
तिमीहरु त मायाको नाटक गर्ने
केबल एक पात्र मात्रै हौ

अनि…जोडीहरू हौ
मलाई थाहा छ
तिमीहरूको प्रेम सफल हुदैन
सफल हुन त राम्रो काम गर्नु पर्छ
तिमीले राम्रो काम गरेकै छैनौ

तिम्रो कारणले गर्दा
आज निर्दोष करोडौ करोड
रातो गुलाबको अन्त्य हुदैछ
तिमीहरू रमाउ
तर….
आफ्नो खुसीको लागी
अरुको समाप्ती गरेर होइन
आफू संगै अरुलाई पनि बचाउ।

  • हिक्मत बुढाथोकी प्रेम”
    तुल्सीपुर-११,उरहरी दाङ्
    हाल:-प्रबासबाट।

तपाईंको प्रतिक्रिया