‘शैक्षिक सुधारको लागि सबै जुटौं’

 फागुन ०४, २०७७

तुलसीपुर ।

सरस्वती पुजा तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम तुलसीपुर ११ अमर माध्यमिक विद्यालय उरहरीले सम्पन्न गरेको छ । विद्यालय ब्यवस्थपान समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा वडा नम्बर ११ अध्यक्ष चित्र बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष वलीले सामुदायिक विद्यालयको भौतिक पुर्वाधार देखि लिएर शैक्षिक सुधारका लागि वडा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकको छलफल र सहकार्यबाट आवस्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा शैक्षिक बर्ष २०७६ र २०७७ को प्रथम बर्षमा कक्षा प्रथम,द्धितिय र तृतिय भएका छात्र छात्राहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी विद्यालयमा सञ्चालन भएका भलिवल प्रतियोगिता,लोकगित प्रतियोगिता,नृत्य प्रतियोगिता,चक्लेट दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय भएका छात्र छात्राहरुलाई प्रमाण पत्र, शिल्ड वितरण गरिएको थियो ।
विद्यालयका शिक्षक गोमा कुमारी बालान क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले विद्यालयको बस्तुस्थितीबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,सहायक प्रधानाध्यापक क्षेत्र बहादुर गिरी,शिक्षक थानेश्वर आचार्य विद्यार्थी नविन भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

तपाईंको प्रतिक्रिया