कोरोनाबाट तुलसीपुरका एक पुरुषको निधन

 फागुन ०५, २०७७

तुलसीपुर ।
तुलसीपुरका एक कोरोना संक्रमितको निधन भएको छ । वडा नम्वर ६ बस्ने ४५ बर्षिय पुरुषको आज विहान बुटवलमा निधन भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनलाई गएको पुष २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखा परे संगै उनको कोभिड अस्पताल नेपालगन्जमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी काठमाण्डौ लैजादै गर्दा बुटवलमै निधन भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया