नेसंबि प्रजातन्त्रबादी कर्मचारी संघको अध्यक्षमा देवकोटा

 फागुन ०६, २०७७

तुलसीपुर ।
नेपाल संस्कृत बिश्वविद्यालय प्रजातन्त्रबादी कर्मचारी संघको अध्यक्षमा दूर्गाप्रशाद देवकोटा (दिलिप) चयन भएका छन् । केन्द्रीय आर्युेबेद बिद्यापिठ बेलझुण्डीमा संघका केन्द्रीय महासचिव ढुण्डिराज ज्ञवालीको उपस्थितिमा भएको अधिबेशनले सर्वसम्मत रुपमा देवकोटाको अध्यक्षमा सात सदस्य समिति गठन गरेको हो ।

त्यसैगरी संघको उपाध्यक्षमा मालता दाहाल, सचिवमा मानबिर खड्का, कोषाध्यक्षमा धुर्वराज गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बिनोदबहादुर थापा, माधब पन्थी र जनकलाल चौधरीलाई चयन गरेको छ । संघको कार्यकाल चार बर्षको हुने बताईर्र्एको छ ।

तपाईंको प्रतिक्रिया